बाँकेमा आज थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • २० आश्विन २०७८, बुधबार

नेपालगन्जः बाँकेमा आज थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८१ नमुना परीक्षण गर्दा थप १५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ३९ नमुना परीक्षण गर्दा ९ र मेडिकल कलेज कोहलपुरमा ३६ नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

तीमध्ये बाँकेका ९ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार २६९ पुगेको छ । यस्तै आज थप ६ जना डिस्चार्ज भएका छन् ।

योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ८७१ पुगेको छ ।

  • २० आश्विन २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech