कृष्णनगरमा झाडापखालाः शय्या अभावमा अस्पतालबाहिरै राखेर उपचार

    • स्वास्थ्य पेज

  • २० आश्विन २०७८, बुधबार

emf8fkvfnfsf la/fdL rG›f}6f, !( c;f]hM slknj:t'sf] s[i0fgu/ gu/kflnsfsf] j8f g+ &, *,( df km}lnPsf] emf8fkvfnfaf6 la/fdL ePsfnfO{ a]8sf] cefjdf lzj/fh c:ktfn kl/;/df /fv]/ pkrf/ ul/Fb} . ;f] c:ktfndf emf8fkvfnfsf la/fdL %@ hgfnfO{ egf{ ul/Psf] 5 eg] ;ft hgfnfO{ yk pkrf/sf nflu k|fb]lzs c:ktfn a'6jn l/km/ ul/Psf] 8f d's]z rf}w/Ln] atfpg'eof] . tl:a/M dfwj a]Njf;]÷/f;;

नेपालगन्जः कपिलवस्तुको कृष्णनगरमा झाडापखालाको प्रकोप देखिएको छ। झाडापखालाबाट एकसयभन्दा धेरै बिरामी परेका छन्। दुईजनाको मृत्यु पनि भइसकेको छ।

कृष्णनगर नगरपालिकाका – ७, ८ र ९ मा झाडापखालाको प्रकोप देखिएको लुम्बिनी स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशन चौधरीले बताउनुभयो।

झाडापखालाका बिरामी बढ्दै गएपछि अहिले शिवराज अस्पतालमा बेड अभाव भएको छ। उनीहरुको अस्पताल परिसरमै राखेर उपचार थालिएको छ।

बिरामीको चाप बढेपछि एउटा बेडमा दुईजनालाई राखेर र कतिपयलाई भुईंमै राखेर उपचार गरिएको छ। बिरामीको संख्या बढ्दै गएपछि तौलिहवा अस्पतालमा भर्ना हुने क्रम जारी रहेको उहाँले बताउनुभयो।

गम्भीर बिरामी परेकाहरुलाई जिल्ला अस्पतालमा र लुम्बिनी प्रादेशिक अस्पतालमा रिफर गरिएको छ।

झाडापखाला कसरी फैलियो भन्ने थाहा हुन सकेको छैन। दूषित पानीका कारण झाडापखाला फैलिएको हुनसक्ने अनुमान चिकित्सकले गरेका छन्।

पानीको नमूना परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ। आज दिउँसोसम्म रिपोर्ट आउने र त्यसपछि मात्र थाहा हुने चौधरीले बताउनुभयो ।

प्रदेश निर्देशनालयबाट अनुगमन तथा निरीक्षणको विज्ञ टोली गएको छ।

  • २० आश्विन २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech