कोरोनाबाट ज्यान गुमाउनेको परिवारलाई ५० हजार दिइने

    • स्वास्थ्य पेज

  • १९ आश्विन २०७८, मंगलवार

नेपालगन्जः भारतमा कोभिडका कारण मृत्यु हुनेको परिवारले ५० हजार भारतीय रुपैया क्षतिपुर्ती पाउने भएका छन् ।

भारतको शिर्ष अदालतले कोभिडबाट मृत्यु भएका प्रत्येक व्यक्तिका नाममा ५० हजार भारुको क्षतिपूर्ति दिने निर्णयलाई स्वीकृत गरेपछी अव पिडीत परिवारले ५० हजार भारतीय रुपैयाँ पाउने भएको हो ।

भारतको प्रकोप व्यवस्थापन कानुन अन्तर्गत मृतकलाई क्षतिपूर्ति दिन वकिलहरुले बुझाएको आवेदनपछि सर्वोच्च अदालतले यस्तो निर्देशन दिएको हो ।

भारतको अदालतले न्यायाधिश एमआर शाहले आवेदन दिएको एक महिना भित्रै मृतकका परिवार या आफन्तले क्षतिपूर्ति रकम प्राप्त गर्ने बताउनुभयो । यसमा सरकारले कति खर्च गर्नुपर्ला भन्ने चाहिँ स्पष्ट नभएको बताइएको छ ।

भारतमा कोभिडका कारण हालसम्म ४ लाख ४९ हजार बढीले ज्यान गुमाएका छन् । तर विज्ञहरुले वास्तविक तथ्यांक यो भन्दा दश गुणा बढी हुन सक्ने बताइरहेका छन् ।

  • १९ आश्विन २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech