बाँकेमा कोरोना अपडेटः आज २१ थपिए, ९ जना सिकिस्त, ४ जना भेन्टिलेटरमा

    • स्वास्थ्य पेज

  • १९ आश्विन २०७८, मंगलवार

नेपालगन्जः बाँकेमा मंगलवार पनि थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९० नमुना परीक्षण गर्दा थप २१ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । सोमवार पनि २१ जना संक्रमित थपिएका थिए ।

भेरी अस्पतालमा ४१ नमुना परीक्षण गर्दा १२ र मेडिकल कलेज कोहलपुरमा ३६ नमुना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो ।

तीमध्ये बाँकेका १२ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार २६० पुगेको छ । यस्तै मंगलवार थप ९ जना डिस्चार्ज भएका छन् ।

योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ८६५ पुगेको छ । अस्पतालमा उपचार गराइरहेका मध्ये ९ जना सिकिस्त छन् भने ४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

१८ जना मध्यम बिरामी रहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

  • १९ आश्विन २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech