नेपालगन्जः बाँकेमा मंगलवार पनि थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९० नमुना परीक्षण गर्दा थप २१ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । सोमवार पनि २१ जना संक्रमित थपिएका थिए ।
भेरी अस्पतालमा ४१ नमुना परीक्षण गर्दा १२ र मेडिकल कलेज कोहलपुरमा ३६ नमुना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो ।
तीमध्ये बाँकेका १२ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार २६० पुगेको छ । यस्तै मंगलवार थप ९ जना डिस्चार्ज भएका छन् ।
योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ८६५ पुगेको छ । अस्पतालमा उपचार गराइरहेका मध्ये ९ जना सिकिस्त छन् भने ४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
१८ जना मध्यम बिरामी रहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।