विदेशी नागरिकले जमुनाह नाका प्रवेश गर्दा पूरा गर्नु पर्ने छ यस्ता शर्तहरु

    • स्वास्थ्य पेज

  • १८ आश्विन २०७८, सोमबार

नेपालगन्जः नेपालगन्जको जमुनाह नाका खुल्ला गरिएसँगै दुवैतर्फको आवागमन नियमित भएको छ । तर नेपाल प्रवेश गर्ने विदेशी नागरिकहरुलाई भने पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आज सूचना जारी गर्दै भारतीय नाका भएर नेपाल प्रवेश गर्नुभन्दा ७२ घण्टाभित्रको कोभिड–१९ को परीक्षण रिपोर्ट नेगेटिभ आएको रिपोर्ट पेश गर्न भनिएको हो ।

त्यसका लागि www.ccmc.gov.np मा लगइन गरेर (International traveler Online Form) अनलाइनमा फारम भरी त्यसको प्रिन्ट साथमा ल्याएर आउन सूचित गरिएको छ ।

यस्तै कोभिड-१९ को लक्ष्ण, चिन्ह वा त्यस्तो व्यक्तिको एन्टिजेज परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमा मात्रै प्रवेश गर्न दिइने छ ।

यस्तै खोपको मात्रा पूरा गरेको प्रमाण समेत पेश गरेर मात्रै प्रवेश गर्न दिइने प्रमुख जिल्ला अधिकारी गेलालद्धारा जारी सूचनामा उल्लखे छ।

  • १८ आश्विन २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech