बाँकेमा आज २१ जना संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • १८ आश्विन २०७८, सोमबार

नेपालगन्जः बाँकेमा आज थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९६ नमुना परीक्षण गर्दा थप २१ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा २५ नमुना परीक्षण गर्दा २० र मेडिकल कलेज कोहलपुरमा २३ नमुना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो ।

तीमध्ये बाँकेका १० जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार २४८ पुगेको छ । यस्तै आज थप ३ जना डिस्चार्ज भएका छन् ।

योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ८५६ पुगेको छ ।

  • १८ आश्विन २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech