माओवादी नेता वर्षमान पुनको स्वास्थ्यमा सुधार

    • स्वास्थ्य पेज

  • १७ आश्विन २०७८, आईतवार

नेपालगन्जः नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वअर्थ एवं ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’को स्वास्थ्यमा सुधार आएको छ।

उहाँको थाइल्याण्डको राजधानी बैंककस्थित समितिभेज अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार पुनको शरीररमा देखिएको जण्डिसको लक्षण घट्दो क्रममा छ।

सामान्यतः स्वस्थ मानिसको रगतमा हुने बिलुरुविन नामक तत्वको मात्रा १.५ देखि ८ विन्दुसम्म हुने गर्छ।

तर, पुनको रगतमा बिलुरुविनको मात्रा अन्यिन्त्रित रुपमा बढेर ३४ पुगेपछि चिकित्सकहरुले बैंकक रेफर गरेका थिए । ‘अहिले बिलुरुविनको मात्रा घटेर २७ मा आएको छ’, उपचारमा संलग्न डा नाथाभुत सिरिमोन्तापोनको भनाइ उदृत गर्दै पुन पत्नी एवं पूर्वसभामुख ओनसरी घर्तीले जानकारी दिनुभयो ।

घर्तीका अनुसार चिकित्सकले नयाँ औषधि चलाएका छन्। उक्त औषधिले राम्रो काम गर्न थालेको उहाँले उल्लेख गर्नुभयो । यद्यपि बान्ता भने नरोकिएको उहाँले जानकारी दिनुभयो ।

खाना खान अरुची हुने समस्याका कारण पुनलाई स्लाइनको माध्यमबाट खानेकुरा दिइएको छ। जण्डिसको मात्रा अत्यधिक बढेसँगै उच्च ज्वरो आउनुका साथै निरन्तर बान्ता हुन थालेपछि पुनलाई गत आइतबार ललितपुरको सुमेरु अस्पताल लगिएको थियो।

सुमेरु अस्पतालका चिकित्सककै सुझाबमा पुनलाई बैंकक लगिएको हो। चार वर्षअघि पनि नेपालका विभिन्न अस्पताल र भारतको मेदान्त सिटी अस्पतालमा उपचार सम्भव नभएपछि अत्यन्त जटिल अवस्थामा पुनलाई एयर एम्बुलेन्समार्फत् बैंकक लगिएको थियो।

  • १७ आश्विन २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech