कान्ति बाल अस्पताललाई २५ वटा भेन्टिलेटर सहयोग

    • स्वास्थ्य पेज

  • १७ आश्विन २०७८, आईतवार

काठमाडौः कान्ति बाल अस्पताललाई चु जी फाउन्डेशनले २५ वटा पेडियाट्रिक भेन्टिलेटर र १० वटा हाईफ्लो नेजल क्यानुला सहयोग गरेको छ।

हेल्थ इन्भारोमेन्ट तथा क्लाइमेन्ट एक्सन फाउन्डेशनको समन्वयमा चु जी फाउन्डेशनले उपलब्ध गराएको उक्त उपचार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आज कान्ति बाल अस्पताललाई हस्तान्तरण गर्नुभएको हो ।

कोरोना महामारीको सम्भावित तेस्रो लहर र त्यसको जोखिममा १८ वर्षमुनिका बालबालिका पर्नसक्ने आंकलन भइरहेको अवस्था ती स्वास्थ्य सामग्री उपचारमा सहयोगी बन्ने अपेक्षा गरिएको छ।

 

  • १७ आश्विन २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech