जमुनाह नाकामा सवारीसाधनमा लगाइएको रोक भोलिदेखि हट्नेः बाँके सिडिओ

    • स्वास्थ्य पेज

  • १७ आश्विन २०७८, आईतवार

नेपालगन्जः नेपालगन्जको जमुनाह नाकामा भारतीय सवारीमा लगाइएको रोक भोलिदेखि पूर्णरुपमा हट्ने भएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आजैदेखि नाका खोल्ने तयारी भएपनि भन्सार कार्यालयले केही कागजी प्रक्रिया मिलाउनु पर्ने भएकाले भोलिदेखि नाकामा लगाइको रोक पूर्णरुपमा हट्ने बताउनुभयो ।

यद्यपी नेपाली नम्वर प्लेटका मोटरसाइकल, अटो रिक्सा, साइकलहरु भने आजैदेखि रुपैडिया जान र आउन भने सुचारु भइसकेको छ । कोरोना प्रभावपछि भारतीय सवारी नेपाल प्रवेश र नेपाली सवारी भारत प्रवेशमा रोक लगाउँदै आइएको थियो । विगतमा खाद्यान्न लगायतका सामग्री बोक्ने सवारी साधन निर्वाध रुपमा सञ्चालन भएपनि निजी गाडी नेपाल प्रवेशमा भने रोक लगाइएको थियो ।

यस्तै भारतले पनि नेपाली निजी सन्चालनमा रोक लगाउँदै आएको थियो । यसअघि नाकामा पैदलयात्रुलाई आउजाउ गर्न मात्र दिइएको थियो । भारतीय सुरक्षा बल एसएसवीले पनि नाकामा सवारीसाधन चल्न दिने भनेर माथिल्लो तहबाट निर्देशन आइसकेको जानकारी दिएको बाँकेका प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले बताउनुभयो ।

गत ११ गते बसेको संघीय मन्त्री परिषद्को बैठकले विभिन्न मापदण्ड पुरा गरेर भारतीय नीजि सवारीलाई नेपाल प्रवेश गर्न दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार जमुनाह नाका भएर पनि सवारी साधन संचालनको अनुमति दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गेलालले बताउनुभयो ।

  • १७ आश्विन २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech