नेपालगन्जः बाँकेमा आज थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६० नमुना परीक्षण गर्दा थप ११ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
भेरी अस्पतालमा २५ नमुना परीक्षण गर्दा ८, मेडिकल कलेज कोहलपुरमा २० नमुना परीक्षण गर्दा २ र बागेश्वरी प्रयोगशालामा १ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये बाँकेका ७ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार २३८ पुगेको छ । यस्तै आज थप ९ जना डिस्चार्ज भएका छन् ।
योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ८५३ पुगेको छ ।