देशभर ८६७ जनामा कोभिड संक्रमण पुष्टि, ११२३ जना निको भए

    • स्वास्थ्य पेज

  • १६ आश्विन २०७८, शनिबार

नेपालगन्जः पछिल्लो २४ घण्टामा देशभर ८६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ८ हजार २१९ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ८६७ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार ५९८ जनाको पिअिसार परीक्षण गर्दा ६५९ र २ हजार ६२१ जनाको एन्टीजेन परीक्षण गर्दा २०८ जनामा संक्रमण पुष्टि भएको हो।

आज देशभर १ हजार १२३ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको मृत्यु भएको छ।

 

  • १६ आश्विन २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech