बाँकेका प्रयोगशालामा थप ८ जनामा कोभिड पुष्टि

    • स्वास्थ्य पेज

  • १६ आश्विन २०७८, शनिबार

नेपालगन्ज: बाँकेमा आज थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८२ नमुना परीक्षण गर्दा थप ८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ५२ नमुना परीक्षण गर्दा ६ जना र मेडिकल कलेज कोहलपुरमा ३० नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो ।  तीमध्ये बाँकेका ५ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार २३१ पुगेको छ । यस्तै आज थप ८ जना डिस्चार्ज भएका छन् ।

योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ८४४ पुगेको छ । अस्पतालमा तीनजनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ भने ७ जना सिकिस्त र १५ जना मध्यम विरामी छन् ।

  • १६ आश्विन २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech