नेपालगन्ज: बाँकेमा आज थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८२ नमुना परीक्षण गर्दा थप ८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
भेरी अस्पतालमा ५२ नमुना परीक्षण गर्दा ६ जना र मेडिकल कलेज कोहलपुरमा ३० नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये बाँकेका ५ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार २३१ पुगेको छ । यस्तै आज थप ८ जना डिस्चार्ज भएका छन् ।
योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ८४४ पुगेको छ । अस्पतालमा तीनजनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ भने ७ जना सिकिस्त र १५ जना मध्यम विरामी छन् ।