त्रिभुवन चोकमा निःशुल्क ब्लड र सुगर जाँच शिविर

    • स्वास्थ्य पेज

  • १६ आश्विन २०७८, शनिबार

नेपालगन्जः १५२ औं महात्म गान्धी जयन्ती तथा विश्व अंहिसा दिवसको अवसरमा आज नेपालगन्जमा निःशुल्क ब्लड पे्रसर तथा ब्लड सुगर जाँच शिविर आयोजना गरिएको छ । नेपाल भारत मैत्री संघको समन्वय तथा जनता सेवा हस्पिटल प्रालि नेपालगन्जको आयोजनामा ब्लड प्रेसर तथा सुगर जाँच शिविरको आयोजना गरिएको हो ।

भेरी अस्पतालमा मुटुरोग विभागमा कार्यरत फिजिसियन डा विपिन आचार्यको नेतृत्वमा डा कमल रस्तोगी, डा सुभाष जिसी, टेक्निसियन खलिल सिद्दिकीलगायतले टीम शिविरमा खटिएको छ ।

खासगरी प्रेसर र सुगरलाई सन्तुलनमा नराख्दा ह्दयघात हुने जोखिमबढी हुने भएकाले त्यसबारेमा समेत सचेतिकरण गर्न शिविर आयोजना गरिएको डा आचार्यले बताउनुभयो ।

विपन्न तथा निम्नआयस्तर भएका व्यक्तिहरुलाई लक्षित गरी आयोजना गरिएको शिविरमा सर्वसाधरणहरुको ब्लड र सुगर जाँच्नेदेखि उनीहरुलाई यी रोगको बारेमा जानकारी गराउने काम पनि गरिएको डा आचार्यको भनाइ छ ।

त्रिभुवन चोकस्थित नेपालगन्ज उद्योग बाणिज्य संघका शिविर भइरहेको छ ।

जनता सेवा हस्पिटलले तत्कालै आफ्नो सेवा औपचारिकरुपमै दिने तयारी गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–६ फुलटेक्राबाट २४ सैं घण्टा इर्मेजन्सी सेवा, ओपिडी, इसिजी, प्याथोलोजी, एक्सरे, फिजियोथेरापीलगायतका सेवा प्रारम्भ हुने हस्पिटलले जनाएको छ ।

  • १६ आश्विन २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech