जिल्लास्तरीय बार्षिक समिक्षामा डुडुवाको उत्कृष्ट रिपोर्टिङ र सम्पादन

    • स्वास्थ्य पेज

  • १५ आश्विन २०७८, शुक्रबार

नेपालगन्जः बाँकेको डुडुवा गाउँपालिकाले स्वास्थ्य क्षेत्रको कार्य सम्पादनमा उत्कृष्ट काम गरेको पाइएको छ । स्वास्थ्य कार्यालय बाँकेले जनस्वास्थ्य क्रियाकलापबारे जिल्ला स्तरीय वार्षिक समिक्षा कार्यक्रममा डुडुवा गाउँपालिकाको स्वास्थ्य शाखाले प्रस्तुत गरेको प्रगति विवरणमा उत्कृष्ट देखिएको हो ।

कार्यालयले जिल्लाका आठवटै पालिकाहरुलाई नेपालगन्जमा बोलाएर उनीहरुले आर्थिक वर्ष ०७७-०७८ मा गरेका कार्यहरुको रिपोर्टिङ प्रस्तुत गरेका थिए । नीजि अस्पतालहरुको समेत सहभागीता रहेको कार्यक्रममा जानकी गाउँपालिका र खजुरा गाउँपालिकाले पनि स्वास्थ्य क्षेत्रमा राम्रो काम गरेको पाइएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले बताउनुभयो ।

कोरोना महामारीकाबीच पनि आमा सुरक्षा, नवजात शिशु सुरक्षा, क्षयराग निवारण, कुष्ठरोगलगायतका सवालमा सुधारात्मक कार्यहरु भएको पाइएको पनि उहाँले बताउनुभयो ।

  • १५ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech