बाँकेमा आज १३ जना संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • १५ आश्विन २०७८, शुक्रबार

नेपालगन्जः बाँकेमा आज थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

९३ नमुना परीक्षण गर्दा थप १३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ११, मेडिकल कलेज कोहलपुरमा १ र बागेश्वरी ल्याबमा १ जना गरि १३ जनामा भाइरस संक्रमण देखिएको हो । तीमध्ये बाँकेका ७ जना छन् ।

योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार २३२ पुगेको छ ।

यस्तै आज थप २६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ८३६ पुगेको छ । अस्पतालमा तीनजनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ भने ४ जना सिकिस्त र १४ जना मध्यम विरामी छन् ।

  • १५ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech