देशभर १०६६ जना कोरोना संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • १५ आश्विन २०७८, शुक्रबार

नेपालगन्जः पछिल्लो २४ घण्टामा देशभर १०६६ जना कोरोना संक्रमित थपिएका छन् ।

१३ हजार ३६८ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणका क्रममा ८९८ जनामा र १३८ जनामा एन्टिजेन परीक्षण गर्दा संक्रमण देखिएको हो ।

त्यस्तै, गत २४ घण्टामा ९३८ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १४८ पुगेको छ ।

  • १५ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech