मृर्गौला फेल हुनुअघि देखिन्छन् यस्ता लक्षण

    • स्वास्थ्य पेज

  • १५ आश्विन २०७८, शुक्रबार

शरीरमा कुनै समस्या भए हामीले पहिल्यै संकेत पाउँछौं। संकेत पाउँदा बेवास्था गर्नु हुँदैन। मानिसको मृर्गौला पनि अचानक फेल हुँदैन। शरीरमा देखिएका समस्यालाई बेवास्ता गर्दा जटिल अवस्थामा पत्ता लाग्ने हो।

मृर्गौला फेल हुनुभन्दा पहिले शरीरले थुप्रै संकेत दिन्छ। पिसाब सम्बन्धी समस्या मृर्गौला खराब भएको प्रमुख लक्षण हो।

मृर्गौलाले शरीरको भित्री अंगमा भएको विषाक्त पदार्थहरु निस्कासन गर्न मद्दत गर्छ । मृर्गौलाले विषाक्त पदार्थहरु पिसावमार्फत बाहिर फ्याक्छ । तर, मृर्गौलाले काम गर्न छोडेमा विषाक्त पदार्थहरुले शरीर भरिन्छ । जसकारण मृर्गौलाले फेल हुने सम्भावना बढ्छ।

मृगौलाको जटिल समस्या भनेको, यो खराब भएको अन्तिम अवस्थामा मात्र थाहा हुन्छ। साथै उपचार विधी पनि महंगो हुनेगर्छ। त्यसैले संभव भएसम्म मृगौलालाई स्वस्थ्य राख्न प्रयास गर्नुपर्छ । अतः यहाँ मृगौला खराब हुँदा देखिने सुरुवाती लक्षणहरु दिइएको छ।

सुरुवाती लक्षण

मृगौलामा समस्या हुँदा पिसाबको मात्रा र पिसाब हुने समयमा परिवर्तन हुन्छ ।

– पिसाबको मात्रा अचनाक कम हुन्छ वा बढ्छ ।

– पिसाबको रंग वाढा हुन्छ ।

– पटक पटक पिसाब आएको महसुस हुन्छ तर, पिसाब आउँदैन ।

– पिसाब गरेको समेमा दुख्छ ।

– पिसाबका रगत देखिन्छ ।

– हात, खुट्टा, अनुहार सुन्निछ ।

– अत्याधिक शारीरिक थकावट तथा कमजोरी महसुस हुन्छ ।

– चिडचिडापन आउँछ। कुनैपनि काममा एकाग्रता हुँदैन ।

– हरेक समय चिसो महसुष हुन्छ ।

– छाला चिलाउन थाल्छ ।

– मुखमा दुर्गन्ध आउँछ ।

– वान्ता हुन्छ ।

– भोक लाग्दैन ।

– सास लिन गाहे हुन्छ ।

कारण

मृर्गौला फेल हुनुका थुप्रै कारणहरु हुन्छन्। जस्तो कि कुनै गम्भीर रोगका कारण पिसाब कम लाग्ने, हृदयघात हुनु, मुटुरोग, कलेजो फेल हुने, प्रदुषण, औषधिको प्रयोग, क्रोनिक रोग, डिहाइड्रेशन, एलर्जी, गम्भीर इन्फेक्शन, उच्च रक्तचाप आदि मृर्गौला फेल हुने कारण हुन्।

मृर्गौला फेल हुने ५ स्टेज

पहिलो चरण

पहिलो स्टेजमा खासै विशेष लक्षण देखापर्दैनन्। रगतमा चिनीको मात्रा नियन्त्रण गरेर स्वस्थ जीवनशैली अपनाउने, सन्तुलित भोजन खाने, नियमित एक्सरसाइज गर्ने र तौल कम गर्ने जस्ता गतिविधिले पहिलो चरणको मृर्गौलाको समस्या कम हुन्छ ।

दोस्रो चरण
दोस्रो चरणमा मृर्गौलाका समस्याहरुका केही लक्षणहरु देखापर्ने गर्छन्। तर, यो चरणमा पिसाबमा प्रोटिन वा अन्य प्रकारका शारीरिक खराबी स्पष्ट देखिन्छन् । यो चरणमा लापरबाही गरियो भने मुटुसम्बन्धी रोग, इन्फ्लामेशन वा ब्लड डिसअर्डर जस्ता समस्या आउँछ।

तेस्रो चरण
मिर्गौलाको तेस्रो चरणमा हातगोडा सुन्निने, पिठ्युँमा दुखाई हुने, पिसाबको रगं परिवर्तन हुने जस्ता लक्षणहरु देखापर्छन् । यो चरणको बारेमा रगत परीक्षणबाट पत्ता लगाउन सकिन्छ।

चौँथो चरण
चौँथो चरणमा मृर्गौलाका बिरामीको अवस्था गम्भीर हुनजान्छ। यो चरणमा मृर्गौलाले ठिकसँग काम गर्न सक्दैन। यो स्थितीमा एनिमिया, उच्च रक्तचाप, हड्डीसम्बन्धी समस्या देखापर्छ। यो चरणमा भएका बिरामीले अस्पताल गएर उपचार गराउनुपर्छ।

पाँचौँ चरण
यो चरणमा मृर्गौलाले काम गर्न बन्द गर्छ। मृर्गौलाल गर्न कार्य प्रणालीमा नै असर देखिन थाल्छ । बान्ता हुने, सास फेर्न गाह्रो हुने, छालाहरु अत्यधिक चिलाउने जस्ता अनेक लक्षण देखापर्छन्। यस स्थितीमा नियमित डायलिसिस र मृर्गौला परिवर्तन गर्नुपर्छ।

  • १५ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech