काठमाडौंमा आजदेखि सभा–सम्मेलन, जुलुस, जात्रा गर्न रोक

    • स्वास्थ्य पेज

  • १५ आश्विन २०७८, शुक्रबार

नेपालगन्जः जिल्ला प्रसाशन कार्यालय काठमाडौंले आजदेखि लागु हुने गरी अनावश्यक भिडभाड, सभा–सम्मेलन, जुलुस, जात्रा, महोत्सव गर्न रोक लगाएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा यस्तो आदेश जारी गरिएको हो ।

प्रशासनद्वारा जारी आदेशमा भनिएको छ–‘कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेकाले अनावश्क रूपमा मानिस घर बाहिर निस्कने, जम्मा हुने, भिडभाड गर्ने, सभा, जुलुस गर्ने, जात्रा, महोत्सव, भोज आदि नगर्ने-नगराउने ।’

 

  • १५ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech