सेती प्रादेशिक अस्पतालको स्तरोन्नतीका लागि एक करोड

    • स्वास्थ्य पेज

  • १४ आश्विन २०७८, बिहीबार

नेपालगन्जः सेती प्रादेशिक अस्पतालको स्तरोन्नतीका लागि एक करोड रकम उपलब्ध गराइने भएको छ।

सुदुरपश्चिम प्रदेशको बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले अस्पतालको स्तरोन्नतीका लागि सो रकम स्वीकृत गर्ने निणर्य गरेको हो।

अस्पतालको डीपीआर निर्माण, तयारी, डिजाईन समेतका लागि सो रकम स्विकृत गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सरकारका प्रवक्ता पूर्ण जोशीले बताउनुभयो ।

प्रदेश सरकारले सेतीलाई तीन सय शैय्या अस्पतालका रूपमा स्तरोन्नती गर्ने निणर्य गरिसकेको छ।

यस्तै सुदूरपश्चिम प्रदेश सभाको आठौ अधिवेशन शुक्रबार अन्त्य गरिने भएको छ । मन्त्रीपरिषदको बैठकले शुक्रबार राती १२ बजे अधिवेशन अन्त्य गर्ने सिफारिस गरेको छ।

  • १४ आश्विन २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech