भेरी अस्पतालको मेसुमा डा चन्द नियुक्त

    • स्वास्थ्य पेज

  • १४ आश्विन २०७८, बिहीबार

नेपालगन्जः नेपालगन्जस्थित भेरी अस्पतालको मेडिकल सुपरिटेण्डन्ट (मेसु) मा डा वीरेन्द्र बहादुर चन्द नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चन्दलाई मेसुमा नियुक्त गरेको हो । यसअघि अस्पतालको मेसुमा डा प्रकाश थापा रहनुभएको थियो ।

मेसुमा नियुक्त भएलगत्तै स्वास्थ्य पेजसँग डा चन्दले अस्पताल सुधारका लागि आफ्नो पहिलो प्राथमिकता हुने बताउनुभयो ।

उहाँले क्याथल्यावको स्तरवृद्धि, सेवालाई थप बिरामीमैत्री बनाउनेदेखि अस्पताल प्रशासनको सुधारमा ध्यान दिइने बताउनुभयो ।

रेडियोलोजिष्ट डा चन्द यसअघि अस्पतालको मेसु भइसक्नुभएको छ । उहाँ २०७३ देखि २०७५ सालसम्म मेसु हुनुभएको थियो ।

  • १४ आश्विन २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech