विशिष्टिकृत सेवा दिँदै क्यान्सर अस्पतालः पहिलो पटक नाकको मेजर सर्जरी

    • स्वास्थ्य पेज

  • १४ आश्विन २०७८, बिहीबार

नेपालगन्जः बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले नाकको मेजर सर्जरी गरेको छ । अस्पतालले विशिष्टिकृत सेवा दिनेक्रममा आज पहिलो पटक १३ वर्षीय बालकको नाकको मेजर सर्जरी गरेको हो ।

बढैयाताल गाउँपालिका–१ डाँफे बर्दियाका १३ वर्षीय अविनय सुनारको नाकको सफलतापूर्वक शल्यक्रिया गरिएको अस्पतालका निर्देशक डा कृष्णप्रसाद आर्चायले जानकारी दिनुभयो ।

ती बालकको नाकको हड्डी बांगीएको थियो । चिकित्सकिय भाषामा यसलाई DNS (Deviated nasal septum) भनिन्छ । इएन्टी सर्जन डा रवि स्वाँर र डा आनन्द कर्णलगायतको विशेषज्ञ टीमले सफलतापूर्वक शल्यक्रिया गरेको हो । यसअघि घाटीको पनि मेजर सर्जरी गरिएको थियो ।

घण्टीमा प्वाल परेको अवस्थामा अस्पताल आएका ती बिरामीको सफलतापूर्वक शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

‘यहीकै डाक्टर सावहरुले सफलतापूर्वक मेजर सर्जरी गर्न थाल्नुभएको छ, निर्देशक डा आचार्यले स्वास्थ्य पेजसँग भन्नुभयो–‘खजुरा क्यान्सर अस्पताललाई क्रमश विशिष्टिकृत सेवा दिने अस्पतालको रुपमा स्थापित गर्ने हाम्रो प्रयास हो ।’

 

  • १४ आश्विन २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech