एक वर्षमा बाँकेमा २,४४८ जनाले गर्भपतनको सेवा लिए

    • स्वास्थ्य पेज

  • १४ आश्विन २०७८, बिहीबार

नेपालगन्जः बाँकेमा पछिल्लो एक वर्षमा झन्डै साढे दुई हजारले गर्भपतन सेवा लिएका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार गएको आर्थिक वर्ष ०७७÷७८ मा २ हजार ४ सय ४८ जनाले गर्भपतन सेवा लिएका हुन् ।

यो अघिल्लो आर्थिक वर्ष ०७६-७७ भन्दा ४ सय ५० ले कम हो । ०७६-७७ मा २ हजार ८ सय ९८ जनाले सेवा लिएका थिए । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहका अनुसार १५ देखी ४९ वर्ष उमेर समुहका महिलाहरुले नेपाल सरकारबाट मान्यता प्राप्त स्वास्थ्य संस्था मार्फत सुरक्षित गर्भपतन सेवा लिन पाउने व्यवस्था छ ।

उनीहरुले त्यहीबाट यो सेवा लिएका हुन् । अनिच्छित गर्भ रहेको, सन्तानको रहर पुगिसकेको, जबरजस्ती करणीमा परेको, बच्चाको स्वास्थ्य अवस्था जोखिममा रहेका महिलाले गर्भपत सेवा लिन पाउने कानुनी व्यवस्था छ ।

कानूनमा १२ हप्ता सम्मको गर्भलाई गर्भपतन गराउन पाउने व्यवस्था छ । अशक्त महिला तथा विभिन्न कारणले गर्दा गर्भपतन गराउनुपर्ने भएमा सम्बन्धित निकायको सिफारिसमा गर्भपतन गराउन पाउने व्यवस्था छ ।

  • १४ आश्विन २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech