कर्णालीमा कोरोनाको जोखिम कायमै, संक्रमण दर दैनिक ३० प्रतिशत

    • स्वास्थ्य पेज

  • १४ आश्विन २०७८, बिहीबार

नेपालगन्जः कर्णालीमा कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको देखिएको छ । प्रदेशमा अहिले पनि संक्रमण दर २५ देखि ३० प्रतिशत हाराहारीमा छ । कोरोनाको उच्च जोखिम रहेकै बेला हेलचक्य्राइँ भने बढ्दो छ ।

पछिल्लो समय स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न छोडिएको छ । स्वास्थ्य सतर्कतामा लापरबाही मात्र भएको छैन कोरोना परीक्षण गर्नेहरूको संख्यामा समेत कमी आएको छ । कोभिडसँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको मात्र परीक्षण गर्ने गरिएको छ ।

प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले संक्रमणको जोखिम नटरेको बताउनुभयो । उहाँका अनुसार पछिल्ला केही सातायता संक्रमणका कारण सिकिस्त हुने बिरामीको संख्या भने घटेको छ । प्रदेशमा हालसम्म ३३ हजार चार सय ९७ जनामा संक्रमण पुष्टि भएको छ ।

तीमध्ये ३१ हजार पाँच सय ७० जना संक्रमणमुक्त भएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको तथ्यांक छ । संक्रमितमध्ये तीन सय ७७ जनाको ज्यान गएको छ ।

  • १४ आश्विन २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech