रुकुमपूर्व पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

    • स्वास्थ्य पेज

  • १४ आश्विन २०७८, बिहीबार

रुकुमपूर्वः रुकुमपूर्वलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। जिल्लाका सबै बालबालिका नियमित खोपको पहुँचमा पुगेपछि खोप समन्वय समिति र स्वास्थ्य कार्यालयको आयोजनामा बुधबार जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो।

सिस्ने गाउँपालिका–५ स्थित रुकुमकोटमा आयोजित एक कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती मगरले रुकुम पूर्वलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नुभएको हो ।

हिजोको ‘खोजऔँ र खोपऔँ’ अभियानले सामूहिक सफलताको सार्थकता भएको घर्तीको भनाइ रहेको छ। राजनीतिक दृष्टिकोणबाट अकल्पनीय परिवर्तन भए पनि नेतृत्व तहबाट त्यसको कार्यान्वयनमा चुकेकाले विगतको प्रतिपक्ष आजको सत्तापक्ष हुन पुगेको सभामुख घर्तीले बताउनुभयो। राजनीतिक तहबाट कहिले पनि दम्भ र अहम्‌ देखाउन नहुने सभामुख घर्तीले आग्रह गर्नुभयो ।

घोषणा गरेर मात्र पूरा नहुने भएकाले सबै राजनीति शक्ति संघीयता कार्यन्वयन गर्ने तर्फ लागे मात्र स‌ंघीयता सफल हुने सभामुख घर्तीले बताउनुभयो ।

जन्मेदेखि १५ महिनासम्मका एक हजार ३ सय बालबालिका र १६ देखि २३ महिनासम्मका ९ सय ३४ जना बालबालिकाले पूर्ण रूपमा खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो। रुकुम पूर्व नेपालको ६२ औँ पूर्ण खोप जिल्ला घोषणा भएको हो।

 

  • १४ आश्विन २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech