पछिल्लो २४ घण्टामा ११५७ जनामा कोरोना संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • १३ आश्विन २०७८, बुधबार

नेपालगन्जः पछिल्लो २४ घण्टामा देशभर एक हजार १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ५४१ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार १५७ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ६५२ जनाको पिअिसार परीक्षण गर्दा ८९२ र तीन हजार ८८९ जनाको एन्टीजेन परीक्षण गर्दा २६५ जनामा संक्रमण पुष्टि भएको हो।

आज देशभर एक हजार ११३ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको छ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर दुई लाख ८६ हजार १४५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

  • १३ आश्विन २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech