आज भेरी अस्पतालमा मात्रै कोरोना

    • स्वास्थ्य पेज

  • १३ आश्विन २०७८, बुधबार

नेपालगन्जः बाँकेमा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा थप ६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । मेडिकल कलेज कोहलपुर र बागेश्वरी प्रयोगशालमा ६१ नमुना परीक्षण गर्दा सबै नेगेटिभ आयो । आज संक्रमण पुष्टि भएकामध्ये बाँकेका ३ जना छन् ।

योसँगै जिल्लामा कुल संक्रमितको संख्या १८ हजार २ सय १३ पुगेको छ । आज थप ८ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ८ सय ३ पुगेको छ ।

  • १३ आश्विन २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech