नेपालगन्जः नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अस्वस्थ हुनुभएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि नियमित भेटघाटका कार्यक्रम बन्द गरिएको एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिनुभयो ।
नेपाल दम्पत्तिलाई रुघा खोकी लगायतको समस्या देखिएको उहाँले जानकारी दिनुभयो ।
पीसीआर परीक्षण गर्दा दुवैजनाको नेगेटिभ आएको छ।
अहिलेको भाइरल ज्वरो र धपेडीले पनि नेपाललाई समस्या भएको हुन सक्ने भन्दै तुलाधरले अहिले कम्प्लिप्टली रेस्टमा रहेको जानकारी दिनुभयो ।