नेता वर्षमान पुन उपचारका लागि बैंकक प्रस्थान

    • स्वास्थ्य पेज

  • १३ आश्विन २०७८, बुधबार

काठमाडौं: नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुन उपचारका लागि बैंकक प्रस्थान गर्नुभएको छ ।

उहाँ पत्नी ओनसरी घर्तीका साथ बैंकक प्रस्थान गर्नुभएको हो । पूर्व मन्त्री समेत रहनुभएका पुन केही समयदेखि अस्वस्थ भएपछि सुमेरु अस्पतालमा उपचार गराउदै आउनु भएको थियो । ​ जन्डिसबाट पीडित पुनको स्वास्थ्यमा खासै सुधार भएको थिएन । ​

पुनलाई कमलपित्तको मात्रा बढेको, बान्ता हुने र ज्वरो आउनेजस्ता समस्या देखिएको थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत अन्य नेताहरुको र चिकित्सकहरुको सल्लाहामा उपचारका लागि उहाँलाई थाइल्यान्ड लगिएको नेता पुनका स्वकीय सचिव सन्तोष पुनले जानकारी दिनुभयो ।

यसअघि पनि उहाँको बैंककमै उपचार भएको थियो ।

  • १३ आश्विन २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech