सरकार सेनिटरी प्याड निःशूल्क गर !

    • स्वास्थ्य पेज

  • १२ आश्विन २०७८, मंगलवार

नेपालगन्जः सेनेटरी प्याडमा भएको मुल्य वृद्धिको विराधमा आज नेपालगन्जमा बिरोध प्रदर्शन गरिएको छ । महिनावारी मैत्रीवातावरण बनाउन सरकारलाई दवाव दिने उद्देश्यले जिल्लाका युवाहरुले विरोध प्रदर्शन गरेका हुन् ।

‘स्वास्थ्य क्षेत्रमा हाम्रो योगदान, निः शूल्क सेनेटरी प्याड अभियान’ भन्ने नारासहित उनीहरुले वीपी चोकबाट ¥याली निकाले थिए । ¥यालीसहित उनीहरुले बाँकेका प्रमुख जिल्ला अधिकारी, नेपालगन्ज उपमहानगरपालिकाका मेयर तथा उपमेयरलाई ज्ञापन पत्र बुझाइएको अभियान्ता स्वयता गुरुङले जानकारी दिनुभयो ।

तस्विरः साहिल अनसारी

तस्विरः साहिल अनसारी

किशोरी अभियानमा क्रियाशील विभिन्न संघसंस्थाको आयोजनामा विरोध ¥याली प्रदर्शन भएको हो ।

उनीहरुले कण्डम जस्तै सेनिटरी प्याडलाई पनि निःशूल्क गराउनु पर्ने माग राखेका थिए । पछिल्लो पटक सरकारले सेनिटरि प्याडमा कर बढाएको भन्दै उनीहरु सडकमा आएका हुन् ।

  • १२ आश्विन २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech