सुत्केरीको तीन दिन देखि शव उठेन

    • स्वास्थ्य पेज

  • १२ आश्विन २०७८, मंगलवार

नेपालगन्जः आइतबार बिहान धनगढीको नवजीवन अस्पतालमा मत्युवरण गरेकी सुत्केरीको शव अझैसम्म उठ्न सकेको छैन।

डोटीको शिखर नगरपालिका–६ की २६ वर्षीया सुत्केरी कल्पना सिंह ठकुरीको उच्च रक्तस्राव भएपछि मृत्यु भएको थियो। सुत्केरी व्यथा सुरु भएपछि उनलाई शनिबार बिहान १० बजे अस्पताल पुर्‍याइएको थियो।

दिनभर सुत्केरी हुन संघर्ष गरेकी उहाँको गर्भमा रहेको शिशुलाई राति ११ बजेर ४४ मिनेटमा निकालिएको थियो। राति भ्याकुम प्रयोग गरेर उहाँको गर्भमा रहेको शिशु निकालिएको अस्पतालले विज्ञप्तिमार्फत जनाएको थियो।

तर आफन्तले भने आफूहरुलाई जानकारी नदिएर भ्याकुम प्रयोग गरेको बताइरहेका छन्। शिशुको निकालिएपछि मात्रै भ्याकुम प्रयोगबारे जानकारी पाएको मृतकका ससुरा नाता पर्ने शेरबहादुर मल्लले बताउनुभयो । हामीलाई त सोमबार बिहान सिधै रक्तस्राव भएको भन्दै ‘ए नेगिटिभ’ ग्रुपको रगत ल्याउन भनेर भनियो। बिहानसम्म हामीले ७ पिन्ट रगत जम्मा गरिसकेका थियौँ उहाँले भन्नुभयो–‘अस्पतालले बुहारीलाई बचाउन सकेन भनेर भन्यो ।’

त्यसपछि मंगलबार बिहानसम्म अस्पतालमा तनाव चलिरहेको छ। आफन्तले घटनाको छानबिन र दोषीलाई कारबाहीको माग राख्दै मृतकको शव नउठाउने बताइरहेका छन्।

त्यसमाथि नवजीवन अस्पतालले दिउँसो ३ बजे ‘सक्दो प्रयास गर्दा पनि सुत्केरी बचाउन नसकिएको’ भन्दै विज्ञप्ति जारी गरेपछि आफन्त झनै आक्रोशित भएका छन्।

गर्भवती भएदेखि नै डा जयराम केसीको परामर्शमा रहँदै आएको भए पनि अन्तिम समयमा आएर उपचारमा लापरबाही गरेको मृतकका देवर दीपेन्द्र मल्लले आरोप लगाउनुभयो । ्

बिरामी स्वयंले अप्रेसनका लागि अनुरोध गर्दा पनि चिकित्सकले जबरजस्ती भ्याकुम प्रयोग गरेको उहाँको आरोप छ।

  • १२ आश्विन २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech