कोरोना खोपको क्लिनिकल परीक्षणका लागि दर्ता प्रक्रिया शुरु

    • स्वास्थ्य पेज

  • १२ आश्विन २०७८, मंगलवार

नेपालगन्जः नेपालमा कोभिड–१९ विरुद्धको खोपको तेस्रो चरणको क्लिनिकल ट्रायलमा सहभागी हुनेको दर्ता प्रक्रिया शुरु भएको छ ।

इन्टरनेशनल भ्याक्सिन इन्स्टिच्यूट (आईभीआई)ले नेपालमा सानोफी र जीएसकेको खोपको तेस्रो चरणको क्लिनिकल ट्रायल गर्न लागेको हो ।

सानोफी र जीएसके खोपको तेस्रो चरणको क्लिनिकल ट्रायलका लागि अनुमति पाएसँगै ट्रायलमा सहभागी हुनेको नाम संकलन प्रक्रिया अगाडि बढाइएको आईभीआईले बताएको छ ।

आईभीआईले सुरक्षित, प्रभावकारी र प्रतिरक्षा मूल्यांकनका लागि ४ हजार स्वयंसेवकमा विभिन्न तीन स्थानबाट खोपको तेस्रो चरणको परीक्षण गर्नेछ ।

आईभीआईले परीक्षणका साथै नेपालमा खोप अध्ययन तथा विकासका लागि क्षमता र पूर्वाधार विकासमा पनि सहयोग गर्नेछ ।

अन्तर्राष्ट्रिय खोप संस्थासँगको साझेदारीमा सानोफी पास्चरले नेपालमा तेस्रो चरणको क्लिनिकल ट्रायलमा भाग लिइरहेको सानोफी पास्चर भारत र दक्षिण एसियाका कन्ट्री हेड अन्नपूर्ण दासले बताउनुभयो । अहिले ट्रायलमा सहभागी हुने व्यक्तिहरुको नाम संकलनको काम भइरहेको पनि उहाँको भनाइ छ ।

आईभीआईका सहायक महानिर्देशक डा अन्ह वार्टेलका अनुसार कोरोना महामारी अन्त्यका लागि नयाँ भेरियन्टसहित भाइरसमा प्रयोग गरिएको नयाँ खोप आविष्कारको जरुरी छ ।

  • १२ आश्विन २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech