फोकलपर्सनका लागि अभिमुखिकरण

    • स्वास्थ्य पेज

  • १२ आश्विन २०७८, मंगलवार

नेपालगन्जः क्षयरोग सम्बन्धित फोकल पर्सनहरुको लागि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । बागमती सेवा समाज नेपालद्धारा संचालित क्षयरोग परियोजना कार्यक्रम अन्तर्गत डट्स फोकल पर्सनका लागि अभिमुखिकरण गरिएको हो ।

महोत्तरीको लोपरपट्टी नगरपालिकाका स्वास्थ्य संस्थाका फोकलपर्सनलाई अभिमुखिकरण गरिएको परियोजना संयोजक प्रमित कुमार साहले जानकारी दिनुभाये । उहाँले यसखालको अभिमुखिकरण जिल्लाका सबै पालिकामा गरिने पनि जानकारी दिनुभयो ।

स्वास्थ संयोजक बद्रुल अनसारीको अध्यक्षतामा भएको अभिमुखिकरणमा स्वास्थ्य कार्यालय महोत्तरीका क्षयरोग तथा कुष्ठरोग अधिकृत उमेश यादवले परियोजना संचालन पनि क्षेयरागको पहिचान र उपचारमा सहजता भएको बताउनुभयो ।

अभिमुखिकरणमा लोहरपट्टी नगरपालिकाका सहस्वास्थ संयोजक रेखा यादव, बगडा स्वास्थ्य चौकीका सिनियर अहेव सन्तोष कुमार साह, महदैया तपनपुर स्वास्थ्य चौकीका सिनियर अहेव कमलदेव साहलगायतले क्षयरोग मुक्त पालिका निर्माणका लागि सबैको सहकार्य र समन्वय जरुरी रहेको बताउनुभयो ।

 

  • १२ आश्विन २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech