बैजनाथका संक्रमित ४० वर्षीय पुरुषको भेरीमा मृत्यु

    • स्वास्थ्य पेज

  • १२ आश्विन २०७८, मंगलवार

तस्विरः फाइल

नेपालगन्ज: कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ ।

भेरी अस्पतालमा उपचारका क्रममा बैजनाथ गाउँपालिका-६ बाँकेका ४० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

असोज ९ गते कोरोना संक्रमण पुष्टि भएपछि उहाँलाई थप उपचारका लागि असोज ११ गते भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो ।

उहाँको हिजो नै साढे ७ बजे मृत्यु भएको ओलीले बताउनुभयो । योसँगै कोरोना संक्रमणकै कारण बाँके जिल्लाका ३३५ जनाको हालसम्म मृत्यु भईसकेको छ ।

  • १२ आश्विन २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech