के हो रेबिज, कसरी बच्ने ?

    • स्वास्थ्य पेज

  • १२ आश्विन २०७८, मंगलवार

आज विश्व रेविज दिवस । ‘रेविज तथ्य बुझौं, त्रसित नबनौं’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी दिवस मनाईदैछ । बहुला कुकुरको टोकाइबाट मानिसमा रेविज सर्ने गरेको छ, यसबाहेक विरालो, न्याउरीमुसा र स्यालको टोकाइबाट यो रोग सर्ने गरेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा अर्थिक वर्ष ०७६⁄७७ मा ५२ हजार जनालाई कुकुरले टोकेको तथ्यांक छ । यसैबिच महाशाखाले अर्थिक वर्ष २०७७ -७८ मा २ लाख ९५ हजार भाइल रेविजविरुद्धको खोप लगाएको जनाएको छ ।

के हो रेबिज ?

रेबिज एक किसिमको भाइरसले लाग्ने रोग हो । रेबिज लागेको कुकुर, स्याल वा अन्य जनावरमा रेबिज भाइरस हुन्छ । कुकुर, स्याल, चमेरो, बिरालो लगायत तातो रगत हुने र स्तनधारी जनावरबाट रेबिज भाइरस सर्ने गर्छ । त्यस्ता जनावरले टोकेपछि घाउका माध्यमबाट रेबिज भाइरस शरीरमा प्रवेश गर्छ । जसले गर्दा मानिसमा रेबिज रोग लाग्छ ।

लक्षण ?

रेबिज लागेमा ज्वरो आउने, झमझमाउने, टोकेको ठाउँमा अत्यधिक दुख्ने हुन्छ । त्यस्तै पानी, हावादेखि डराउने, चिटचिटाहट हुने, रिसाउने जस्ता समस्या पनि देखिन्छ । रेबिजका कारण आँखा, नाक, मुख र शरीरमा घाउ हुने गर्दछ । यसबाट अरू मानिसमा पनि सर्न सक्छ । रेबिजका बिरामीले पानी पिउँदा घाँटीमा दुख्ने गर्छ । रेबिजले स्नायु प्रणालीसँगै श्वासप्रश्वासमा पनि बाधा उत्पन्न गर्न थाल्छ । रेबिजका कारण हृदयघात र मृत्यु पनि हुन सक्छ ।

बच्न के गर्ने ?

घरपालुवा कुकुरलाई नियमित रूपमा खोप लगाउने, भुस्याहा कुकुरबाट बच्ने र सम्भव भए व्यवस्थापन गर्ने । कुकुर, स्याल, चमेरो, बिरालोको टोकाइपछि रेबिजविरुद्धको खोप लगाउने, रेबिजको भाइरस हुने सम्भावित जनावरले टोकेपछि तत्काल साबुन पानीले घाउ सफा गर्ने । जतिसक्दो चाँडो अस्पताल पुर्याई रेबिजविरुद्धको खोप लगाउनु उपयुक्त हुन्छ ।

नेपालमा सबै जिल्ला अस्पताल र सरुवा रोग अस्पतालहरुबाट रेविज विरुद्धको खोप उपलब्ध छ ।

 

  • १२ आश्विन २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech