थप १ हजार २८२ जनामा कोरोना संक्रमण

    • स्वास्थ्य पेज

  • ११ आश्विन २०७८, सोमबार

नेपालगन्ज: नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १०३ पुगेको छ।

सोमबार १ हजार २६२ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १८ हजार ८४८ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा १२ हजार ८१ पीसीआर तथा ३ हजार ४०७ एन्टिजेन परीक्षण भएको छ।

  • ११ आश्विन २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech