बाँकेमा आज थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • ११ आश्विन २०७८, सोमबार

नेपालगन्जः बाँकेमा आज थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

९८ नमुना परीक्षण गर्दा थप १४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
भेरी अस्पतालमा १० र मेडिकल कलेज कोहलपुरमा ४ जनामा भाइरस संक्रमण देखिएको हो ।

ती मध्य बाँकेका ११ जना छ्न । यो संगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार २०४ पुगेको छ ।

आज थप ३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या भने १७ हजार ७९५ पुगेको छ ।

उपचार गराइरहेका मध्ये ५ जनाको अवस्था गम्भीर छ भने ३ जनाको भेन्टिलेटरमा राखेर उपचार चल्दै छ । २० जना मध्यम बिरामी रहेको बताइएको छ ।

  • ११ आश्विन २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech