बाँकेका ८१ वटै वडामा भोलिदेखि भेरोसेलको खोप लगाइने

    • स्वास्थ्य पेज

  • ११ आश्विन २०७८, सोमबार

नेपालगन्जः बाँकेमा भोलिदेखि भेरोसेलको पहिलो मात्रा खोप दिइने भएको छ । जिल्लाका ८१ वटै वडामा रहेका स्वास्थ्य संस्थाहरुबाट भेरोसे खोपको पहिलो मात्रा दिन लागिएको स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार, ४५ वर्षमाथिका खोप लगाउन बाँकी सबै र १८ वर्ष माथिका खोप लगाउन छुटेका विद्यार्थीहरुलाई भेरोसेल खोप लगाइने छ । विद्यार्थीको हकमा भने परिचय पत्र अनिवार्य गरिएको छ ।

यस्तै यसअघि भेरोसेल खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन छुटेका नागरिकले पनि खोप लगाउन पाउने छन् । दोस्रो खोपको मात्रा लगाउने भने पहिलो मात्रा खोप लगाएको कार्ड अनिवार्य साथमै लगेर जानु पर्नेछ ।

  • ११ आश्विन २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech