शिक्षण अस्पताल कोहलपुरले मनायो विश्व गर्भनिरोधक दिवस

    • स्वास्थ्य पेज

  • १० आश्विन २०७८, आईतवार

नेपालगन्जः नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले विश्व गर्भनिरोधक दिवस मनाएको छ । कलेजका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले प्रभातफेरीको आयोजनागरी दिवस मनाएका हुन् ।

कोहलपुरको न्यूरोडबाट सुरु भएको र्याली एनटिभी रोड हुँदै अस्पताल परिसरमा पुगेर कार्यक्रममा परिणत भएको थियो । ‘सुरक्षित गर्भपतनको अधिकार, मौलिक हक सुनिश्चितताको आधार’ भन्ने नाराका साथ दिवस मनाइएको डा सुनिल यादवले जानकारी दिनुभयो ।

अहिलेपनि गर्भनिरोधका बारेमा अहिलेपनि धेरैलाई थाहा नभएको भन्दै गर्भनिरोधक साधनको उपयोगिता र महत्वबारे आमनागरिकलाई जानकारी गराउन आवश्यक रहेको प्रभातफेरीमा सहभागी चिकित्सकहरुको भनाइ थियो ।

अस्पतालका बरिष्ठ स्त्रीरोग विशेषज्ञ प्रा.डा मीता सिंहले गर्भनिरोधका साधनबारेको नकरात्मक बुझाईलाई चिर्न आवश्यक रहेको बताउनुभयो । उहाँले गर्भनिरोधकका साधनको उपयोग गरेर असुरक्षितरुपमा हुने गर्भपतनलाई रोक्नु अहिलेको चुनौति बनेको बताउनुभयो ।

दिवसको अवसरमा अस्पतालमा उपचारका लागि आएका सबैलाई परिवार नियोजनको बारेमा जानकारीका साथै परामर्श समेत दिइएको बताइएको छ ।

कार्यक्रममा डा अनुप शर्मा, डा दिनेश श्रेष्ठ, डा दुर्गा विसी, डा राजश्री झा, डा प्रज्ञा गौतम, डा विमलेन्द्र यादवलगायतको सहभागीता रहेको थियो ।

  • १० आश्विन २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech