आज थप ८३४ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • १० आश्विन २०७८, आईतवार

नेपालगन्जः पछिल्लो २४ घण्टामा १३ हजार ७३६ नमूना परीक्षणमा ८ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा ८ हजार ५८९ नमूनाको पीसीआर र ५ हजार १४७ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। जसमध्ये पीसीआर विधिबाट ७ सय ३० र एन्टिजेन विधिबाट १०४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११०९६ पुगेको हो। मन्त्रालयका अनुसार आइबार थप १२ सय ७९ जना कोरोनामुक्त भएका छन्।

कोरोनाका सक्रिय संक्रमितको संख्या १९ हजार १४२ पुगेको छ। मन्त्रालयका अनुसार संक्रमित ३६८ जनाको भेन्टिलेटरमा र १२० जनाको आइसीयूमा उपचार भइरहेको छ। पछिल्लो २४ घन्टामा १०२३०१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

  • १० आश्विन २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech