बाँकेमा कोरोना अपडेटः आज सबै जिल्ला बाहिरका

    • स्वास्थ्य पेज

  • १० आश्विन २०७८, आईतवार

नेपालगन्जः बाँकेमा आज थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

६५ नमुना परीक्षण गर्दा थप ४ ननामा भाइरस संक्रमण पुष्टि भएको हो । ती सबै जिल्लाका बाहिरका हुन् । आज थप ५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या भने १७ हजार ७ सय ९२ पुगेको छ ।

उपचार गराइरहेका मध्ये ६ जनाको अवस्था गम्भीर छ भने २ जनाको भेन्टिलेटरमा राखेर उपचार चल्दै छ । २२ जना मध्यम बिरामी रहेको बताइएको छ ।

  • १० आश्विन २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech