कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का दम्पतीमा कोरोना संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • १० आश्विन २०७८, आईतवार

नेपालगन्जः नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का दम्पतीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

दुई दिनअघिदेखि ज्वरो–खोकीको समस्यामा रहेका उहाँले आज परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको हो ।

खड्काले आइतबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूहरू कोरोना पोजिटिभ भएको जानकारी गराउनुभएको हो ।

‘८ गते ४ बजेदेखि ज्वरो, खोकी सुरु भएको, आज १० गते एन्टिजन र पीसीआर परीक्षण गराउँदा दुवैमा पोजिटिभ, उहाँले लेख्नुभएको छ–‘धेरै सतर्कताका बाबजुद अन्ततः कोभिडले घेरि छोड्यो । मेरो सम्पर्कमा रहनुभएका सबैमा सतर्कताको लागि अनुरोध ।’

  • १० आश्विन २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech