अस्पतालले भन्यो–‘डाक्टरको लापरवाहीले होइन ह्रदयघातले मृत्यु’

    • स्वास्थ्य पेज

  • १० आश्विन २०७८, आईतवार

नेपालगन्जः धनगढीको नवजीवन अस्पतालले डाक्टरकै कारणले सुत्केरीको ज्यान नगएको दावी गरेको छ। शनिबार राती डोटीको शिखर नगरपालिका–६ की २६ वर्षीया कल्पना सिंह मल्लको मृत्यु भएको थियो ।

उहाँको मृत्युपछि अस्पताले एक विज्ञप्ती जारी गर्दै रक्तश्रावपछि अचानक हृदयघात भई मृत्यु भएको दाबी गरेको छ ।

अस्पताल प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘आमाको बच्चा जन्माउने बल नपुगेको र बच्चाको धड्कन कम हुँदै गएकोले भ्याक्युम प्रयोग गरी डेलिभरी गराएको र यो क्रममा पाठेघरको मुख फराकिलो बनाउन दिएको एपिसियोटाँमी सिलाउनको लागी बिरामीले असहज महसुस गर्दा बेहोस गर्ने डाक्टरलाई बोलाई टाँका लगाउन सुरु गरियो, सिलाउने क्रममा अत्यधिक रक्तस्राव हुन थालेपछि बिरामी रक्त समूह ‘ए’नेगेटिभ रगत रोक्नको लागि हर सम्भव प्रयास गर्दा पनि रगत रोकिएन ।’

बिरामीलाई चाहिने रगतको व्यवस्थापन गरेर तत्कालै ओटी मै दुई पोका रगत चढाएर थप उपचारको लागी तत्कालै आइसियुमा सिफ्ट गरी भेन्टिलेटर मा राखेर सघन उपचारको व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।

तथापि विज्ञ टोलीले हर सम्भव प्रयास गर्दा समेत ‘अचानक हृदयघात’ भई बिरामीको दुखद निधन भएको अस्पताले जारी गरेको विज्ञप्तिमा भनिएको छ । मृतक महिला नवजीवन अस्पतालमा नियमित रूपमा चेकजाँच गराउँदै आउनुभएको थियो ।

तर उहाँका आफन्तले डाक्टरको लापरबाहीकै कारण कल्पनाको मृत्यु भएको भन्दै आइतबार बिहान अस्पतालमा तनाब सिर्जना समेत गरेका थिए । कल्पनाले जन्म दिएको बच्चालाई भने एनआईसीयूमा राखेको छ ।

  • १० आश्विन २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech