सुुत्केरीको मृत्युुपछि अस्पताल तनावग्रस्त

    • स्वास्थ्य पेज

  • १० आश्विन २०७८, आईतवार

नेपालगन्जः सुुत्केरी महिलाको मृत्यु भएपछि धनगढीको नवजीवन अस्पताल तनावग्रस्त भएको छ । डोटीको शिखर नगरपालिका स्थायी घर भएर हाल धनगढी उपमहानगरपालिका–२ बस्दै आएकी २६ वर्षीय कल्पना मल्लको मृत्युुपछि आक्रोशित आफन्तले अस्पताल घेराउ गरेका छन् ।

शनिबार राति सुुत्केरी भएकी मल्लको अवस्था गम्भीर भएपछि आईसीयूूमा भर्ना गरिएकोमा आइतबार बिहान ८ बजे मृत्यु भएको एसपी विश्व अधिकारीले बताउनुभयो ।

एसपी अधिकारीका अनुसार मृतकका आफन्तले डाक्टरको लापरबाहीका कारण मृत्यु भएको भन्दै अस्पताल घेराउ गरेका हुन् ।

पीडित पक्षबाट हुनसक्ने सम्भावित घटनालाई ध्यानमा राखेर प्रहरी परिचालन गरिएको बताउँदै एसपी अधिकारीले अहिले दुुवै पक्षबीच छलफल भइरहेको जानकारी दिनुभयो ।

मल्ल शनिबार बिहान ११ बजे अस्पताल भर्ना भएकी थिइन् । सुुत्केरी भइसकेपछि अवस्था जटिल बन्दा उनलाई चिकित्सकले आईसीयूमा भर्ना गरेका थिए ।

उपचारकै क्रममा कल्पनाको मृत्यु भए पनि शिशु भने सकुुशल रहेको प्रहरीले जनाएको छ ।

  • १० आश्विन २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech