बाँकेमा कोरोनाबाट कोहलपुरका २२ वर्षीय युवासहित दुईजनाको मृत्यु

    • स्वास्थ्य पेज

  • १० आश्विन २०७८, आईतवार

नेपालगन्जः कोरोना भाइरस संत्रमणबाट बाँकेमा थप दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना बाँकेका हुन् भने अर्का बर्दियाका भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ ।

कोहलपुर नगरपालिका-५ का २२ वर्षीय पुरुषको गएराती मृत्यु भएको छ । उनलाई असोज ४ गते कोभिड पुष्टि भएको थियो । त्यसको भोलिपल्ट उनी भेरी अस्पतालमा भर्ना भएका थिए ।

उपचारका क्रममा स्वास्थ्यमा सुधार नआउँदा उनको गएराती साढे एक बजे मृत्यु भएको केन्द्रका फोकपर्सन तेज वलीले जानकारी दिनुभयो । यस्तै बारबर्दिया नगरपालिका-४ का ७२ वर्षीय पुरुषको पनि गएराती मृत्यु भएको छ ।

भदौ ३० गते कोभिड पुष्टि भएका उनी त्यसैदिन भेरीमा भर्ना भएका थिए ।

योसँगै कोरोना संक्रमणबाट बाँकेमा मृत्यु हुनेको संख्या ३३४ पुगेको छ भने उपचारका लागि बाँकेमा आएर मृत्यु हुनेको संख्या ४१८ पुगेको छ।

 

  • १० आश्विन २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech