नेपालगन्ज: पछिल्लो २४ घण्टामा देशभर ९५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार ५७९ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ९५३ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ५० जनाको पिअिसार परीक्षण गर्दा ७९० र ३ हजार ५२९ जनाको एन्टीजेन परीक्षण गर्दा १६३ जनामा संक्रमण पुष्टि भएको हो।
आज देशभर १ हजार ३७१ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ।
देशभर १९ हजार ७०० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये १८ हजार ३४० होम आइसोलेसनमा रहेका छन्।
संस्थागत आइसोलेसनमा १ हजार ३६० संक्रमित छन् भने १०९ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर २३७ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।