काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारी र विभिन्न विपत्ति सामना गर्न आवश्यक तयारीबारे नीतिगत स्पष्टता र कानुनी प्रबन्ध हुनुपर्ने बताउनुभएको छ ।
नेपाल चिकित्सक संघको पहिलो स्वास्थ्य शिखर सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले कुनै पनि समस्याको समाधान सामूहिक, सहकार्य र प्रतिबद्धतामा निर्भर रहनेभन्दै महामारीको सामनाका लागि नीतिगत स्पष्टतामा जोड दिनुभयो ।
कोभिड–१९ को महामारीमा होस् वा महाभूकम्पको समयमा नेपालको एकताबद्ध प्रयासबाट प्राकृतिक विपत्ति र माहामारीलाई परास्त गर्न सकिएको उहाँको भनाई छ । महामारीले अहिले सम्पूर्ण जनजीवन प्रभावित पारेको भन्दै कोभिडविरूद्धको खोप सरकारको पहिलो प्राथमिकतामा रहेको उहाँले स्पष्ट पार्नुभयो ।
चिकित्सक संघले महामारी तथा प्राकृतिक विपत्तिलाई प्राथमिकतामा राखी पेन्डामिक प्रिपेडनेस इन नेपाल सन्देशका साथ सम्मेलन गरेको हो ।