श्रीलङ्कामा शारीरिक रूपमा अशक्त १२ देखि १९ वर्षका बालबालिकाहरूलाई कोरोना विरुद्धको खोप

    • स्वास्थ्य पेज

  • ९ आश्विन २०७८, शनिबार

नेपालगन्ज: श्रीलङ्कामा शारीरिक रूपमा अशक्तता भएका १२ देखि १९ वर्षका बालबालिकाहरूलाई कोरोना विरुद्धको खोप दिन सुरु गरिएको छ ।

श्रीलङ्काको सैनिक कमान्डर तथा कोभिड–१९ को रोकथामका लागि राष्ट्रिय परिचालन केन्द्रका अनुसार कोलम्बो, उत्तरमध्य प्रान्त र उत्तरपश्चिमी प्रान्तमा खोप लगाउन सुरु गरिएको हो ।

फाइजरले उत्पादन गरेको खोप बालबालिकालाई लगाउन सुरु गरिएको हो । केन्द्रका प्रमुख जनरल शाभेन्द्र सिल्भाका अनुसार यो अभियान अब देशभर नै सञ्चालन गर्ने तयारी छ ।

श्रीलङ्कामा सिनोफार्म ,एस्ट्राजेनेका, फाइजर मोडर्ना र स्पुतनिक–भी खोप लगाउन अनुमति दिइएको छ ।

 

 

  • ९ आश्विन २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech