१४७६ जना संक्रमित थपिए, १५५० जना निको भए

    • स्वास्थ्य पेज

  • ८ आश्विन २०७८, शुक्रबार

नेपालगन्ज: पछिल्लो २४ घण्टामा देशभर १ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १५ हजार ६९० जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ४७६ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ५७५ जनाको पिअिसार परीक्षण गर्दा १ हजार १०३ र ५ हजार ११५ जनाको एन्टीजेन परीक्षण गर्दा ३७३ जनामा संक्रमण पुष्टि भएको हो।

आज देशभर १ हजार ५५० जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको मृत्यु भएको छ।

देशभर २० हजार २८७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये १८ हजार ९६९ होम आइसोलेसनमा रहेका छन्।

संस्थागत आइसोलेसनमा १ हजार ३१८ संक्रमित छन् भने १०५ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर २४४ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 

  • ८ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech